मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहेमा भीडभाड नगर भन्दा प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित सात घाइते

बिहेमा भीडभाड नगर भन्दा प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित सात घाइते

रौतहटमा निषेध आदेश कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मी र स्थानीयवासीबीच झडप भएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- रौतहटमा निषेध आदेश कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मी र स्थानीयवासीबीच झडप भएको छ। सोमबार राति भएको झडपमा परेर डीएसपीसहित सात प्रहरी घाइते भएका छन्। 

गरुडा नगरपालिका–२ मा विवाहका क्रममा डिजे बजाएर भीडभाड गरेपछि प्रहरी टोली सम्झाउन गएको थियो। तर, प्रहरी टोली देख्ने बित्तिकै स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले जनाएको छ। 

सुरुमा इलाका प्रहरी गरुडाले दुई सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाएको थियो। तर, स्थानीयवासीले उनीहरूलाई घेराबन्दी गरेपछि डीएसपी द्वारिका घिमिरेसहितको टोली पुगेको थियो। 

उक्त टोलीमाथि पनि स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको डीएसपी घिमिरेको भनाइ छ। उनका अनुसार प्रहरीले झडपमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ।

झडपमा डीएसपी घिमिरेको टाउकोमा सामान्य चोट लागेको छ भने अन्य ६ प्रहरी सामान्य घाइते भएका छन्।

प्रकाशित: Jun 07, 2021| 04:25 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।