मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपभोक्तालाई ठगी गरेको भेटिएपछि सिरहाको लक्ष्मीजी पेट्रोल पम्प सिल

उपभोक्तालाई ठगी गरेको भेटिएपछि सिरहाको लक्ष्मीजी पेट्रोल पम्प सिल

सिरहाको लहान नगरपालिका-२३, गाढास्थित लक्ष्मीजी ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

सिरहा- सिरहाको लहान नगरपालिका-२३, गाढास्थित लक्ष्मीजी ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ। मापदण्डविपरीत कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगी गरिएको भेटिएपछि सिल गरिएको हो।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लागेपछि उक्त पम्प सिल गरिएको छ। 

साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।

सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पको समेत अनुगमन गरेको जनाइएको छ।

प्रकाशित: Jun 07, 2021| 03:41 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।