मंगलबार, असोज १३, २०८३

अन्तर्राष्ट्रिय उडानमा हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो।

मूल्य घटेपछि नेपालमा अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम गरिएको छ। यसअघि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९३ डलर रहेको थियो।

पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित निकायसँगको छलफलपछि निगमले मूल्य घटाउने निर्णय गरेको निगमले आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख गरेको छ। हवाई इन्धनको मूल्य बढी हुँदा नेपाली वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धि बनउन कठिन भइरहेको छलफलबाट जानकारी प्राप्त भएकोले घटाइएको निगमको भनाई छ।

यसअघि निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा ४० प्रतिशत नाफा खाएर विक्री वितरण गर्दै आएको थियो।

प्रकाशित: Jun 07, 2021| 02:25 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्