मंगलबार, भदौ ९, २०८३

प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

विराटनगर- प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सोमबारको बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा प्रदेश आर्थिक कार्यविधि ऐन (दोश्रो संशोधन) शंसोधन अध्यादेश पेश हुने कार्यसूची छ। 

प्रदेश सरकारले पूर्वबजेट छलफललाई औपचारिकतामा सिमित गर्न अध्यादेशमार्फत ऐन शंशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संसदीय दलका नेता राजिव कोइरालाले बजेट अधिवेशनआह्वानमा ढिलाई गरि पूर्व बजेटलाई औपचारिकतामा सिमित गरेको बताए।

जनता समाजवादी पार्टीका दलका नेता जयराम यादवले कोरोना महामारीलाई देखाएर पूर्व बजेट छलफललाई औपचारिकतामा सिमित गर्न खोजेको बताए। 

यसैबीच बजेट अधिवेशन शुरु हुनुपूर्व आइतबार प्रदेश सांसद, प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक,  संसदीय पत्रकार, सांसदहरूका स्वकीय सचिवालयका कर्मचारीहरूको कोरोना परीक्षण गरिएको प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले जानकारी दिए।

प्रकाशित: Jun 07, 2021| 01:20 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।