जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराभ भट्टराईले अहिले मन्त्रीहरूलाई ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झिन आग्रह गरेका छन्।
उनले ओली भक्तहरू प्रदेशमा समेत हातमा मन्त्री पदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत रहेको आरोप लगाएका छन्।
'संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार, नझुक्किऊँ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न! विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं!', उनले लेखेका छन्।
संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!
— Baburam Bhattarai (@brb1954) June 7, 2021