मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको प्रस्तावपछि योगेश भट्टराईले भने– अब शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ 

ओलीको प्रस्तावपछि योगेश भट्टराईले भने– अब शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ 

एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकताका लागि आइतबार साँझ केपी ओलीले गरेको प्रस्तावले पार्टीको शीर्ष नेतृत्वको बीचमा सार्थक संवाद हुने प्रतिक्रिया दिएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकताका लागि आइतबार साँझ केपी ओलीले गरेको प्रस्तावले पार्टीको शीर्ष नेतृत्वको बीचमा सार्थक संवाद हुने प्रतिक्रिया दिएका छन्। ओलीको प्रस्तावको स्वागत गर्दै भट्टराईको यस्तो प्रस्ताव आएको हो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेको एकतालाई अक्षुण्ण राख्न मद्द पुग्ने अपेक्षा गर्दछु। हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ।’

उनले ओलीले एमालेको एकताका लागि सार्वजनिक गरेको आह्वान मूलतः सकारात्मक रहेको उल्लेख गरेका छन्। भट्टराईले भनेका छन्, ‘ कार्यदल स्तरको छलफललाई यो वक्तव्यले  निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयलाई समाधान गर्नेछ।’

भट्टराईले सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेमा जोड दिएका छन्। 

प्रकाशित: Jun 06, 2021| 16:51 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।