काठमाडौं- संघीय सरकारमा जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह सरकारमा सहभागी भएसँगै त्यसको असर प्रदेश नम्बर २ मा देखिएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केपी ओली सरकारमा सहभागी भएको महन्थ ठाकुर समूहका एक मन्त्री र तीन जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
राउतले आइतबार साँझ मन्त्री जितेन्द्र सोनल रराज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन्। कार्यसम्पादन राम्रो नरहेको भन्दै मुख्यमन्त्रीले उनीहरुलाई बर्खास्त गरेको बताइएको छ।
यता, जसपाको महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा सहभागी भएको छ भने उपेन्द्र-बाबुराम पक्ष ओली सरकार फाल्न लागिपरेको छ।