मंगलबार, भदौ ९, २०८३

ओलीले भने– प्रचण्डका कारण मेरो प्रयास सफल हुन सकेन

एमाले अध्यक्ष केपी शर्मा आलीले  नेकपा एकता भंग सर्वोच्च अदालतको फैसलाका कारण नभई पुष्पकमल दाहालका कारण भएको दाबी गरेका छन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा आलीले  नेकपा एकता भंग सर्वोच्च अदालतको फैसलाका कारण नभई पुष्पकमल दाहालका कारण भएको दाबी गरेका छन्।  ओलीले आइतबार साँझ वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको फागुन २३ को फैसलाले पार्टी एकता भंग नगरेको बरु नाम मात्र अर्को लिएर निर्वाचन आयोगमा जान भनेको दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। यसका लागि समय पनि दिएको हो। पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ। तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’

प्रकाशित: Jun 06, 2021| 16:10 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।