मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ केपी ओलीले पार्टी एकताका लागि राखेको नयाँ प्रस्ताव

यस्तो छ केपी ओलीले पार्टी एकताका लागि राखेको नयाँ प्रस्ताव

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नयाँ प्रस्ताव राखेका छन्। उनले आइतबार साँझ एमाले एकताका लागि भन्दै यस्तो प्रस्ताव आह्वान गरेका हुन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नयाँ प्रस्ताव राखेका छन्। उनले आइतबार साँझ एमाले एकताका लागि भन्दै यस्तो प्रस्ताव आह्वान गरेका हुन्।  

उनले भनेका छन्, ‘एमाले लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ।’  यस्तै नेकपा को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने प्रस्ताव गरेका छन्।

ओलीले मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्नेछ।’

यसैगरी पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमाले का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने प्रसताव पनि उनको छ। 

ओलीले यस बीचमा विभिन्न नेताहरुबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कार्बाही नगरिने प्रतिबद्धता जनाएका छन्। यस्तै कसैमाथि पूर्वाग्रह नराखिने र भेदभाव नगरिने प्रतिबद्धता उनको छ। ओलीले भनेका छन्, ‘एमालेलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ।’

प्रकाशित: Jun 06, 2021| 15:50 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।