मंगलबार, भदौ ९, २०८३

जुम्ला कारागारका कैदीबन्दीलाई कोरोना संक्रमण

जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ। कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको हो।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

जुम्ला- जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ। कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको हो।

कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब संकलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए। उनले भने, ‘संक्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।’ अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ। कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ। 

आइतबारसम्म जुम्लाको कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ। यस्तै कोरोना संक्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन्। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि जुम्लामा संक्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: Jun 06, 2021| 14:57 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।