मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १६ वर्षमा पेन्सन हुने योजना अघि बढेको छ, ठेक्कापट्टामा दायाँबायाँको गुञ्जायस छैन : प्रधानसेनापति

१६ वर्षमा पेन्सन हुने योजना अघि बढेको छ, ठेक्कापट्टामा दायाँबायाँको गुञ्जायस छैन : प्रधानसेनापति

प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले १६ वर्षमा नेपाली सेनाका सिपाहीको पेन्सन हुने योजना अघि बढेको बताएका छन्। आफूले नेपाली सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा जंगीअड्डामा आइतबार आयोजित पत्रकार भेटघाटमा थापाले संगठन पुनर्संरचना र योजनाजस्ता महत्वपूर्ण र दूरगामी कार्यक्रम अघि बढेको बताएका हुन्। 

सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको उनको भनाइ थियो। 'सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान कमान्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्वपूर्ण एवं  दूरगामी कार्यक्रम अघि बढेको छ,' उनले भने। 

प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।

२०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको बिन्दु प्रारम्भ गरेको जानकारी दिए। प्रधानसेनापति थापाले सकल दर्जालाई एक हजार दिन पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै अब आफू नेतृत्व हस्तान्तरण प्रकृया विन्दुको चरणमा पुगेको जानकारी गराएका हुन्। 

सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने बताउँदै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको बताए। 'सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट हुनुपर्छ,' उनले भने। 

कोरोना नियन्त्रणका लागि सम्पूर्ण तह र तप्काबाट सामूहिक भावना र पहल हुनपर्ने उनले बताए। आवश्यकता अनुसार रणनीतिलाई पुनरावलोकन गर्दै अघि बढनुपर्नेमा बताएका उनले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको बताएका थिए। 

प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पुर्‍याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए। -रासस

प्रकाशित: Jun 06, 2021| 14:44 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।