मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ को बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम जेठ २७ गते

प्रदेश २ को बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम जेठ २७ गते

प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशन सोमबार (भोलि) सुरु हुन लागेको छ। दिउँसो १ बजे प्रदेशसभाको बजेट अधिवेशनको बैठक बस्न लागेको हो।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशन सोमबार (भोलि) सुरु हुन लागेको छ। दिउँसो १ बजे प्रदेशसभाको बजेट अधिवेशनको बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झाले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन्। 
बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि-बजेटको डकुमेन्ट टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रि-बजेट छलफलपछि संसदमा प्रस्तुत गरिने छ।

प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रदेशसभामा प्रदेश प्रमुख झाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

नीति तथा कार्यक्रमपछि प्रि-बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण बजेट अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालय स्रोतले जनाएको छ।

प्रकाशित: Jun 06, 2021| 13:41 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।