मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुरे दोहनको विरोध गर्दा नेविसंघका महामन्त्री भट्टराईसहित नौ जना पक्राउ

चुरे दोहनको विरोध गर्दा नेविसंघका महामन्त्री भट्टराईसहित नौ जना पक्राउ

चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासीमा सरकारले लिएको नीतिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासीमा सरकारले लिएको नीतिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। महाराजगञ्जमा सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका महामन्त्री दीपक भट्टराईसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले नेविसंघका नेताहरु किशोर गुरुङ, धर्मराज शाही, परोपकार अधिकारी, सन्तोष आले, सुदर्शन पनेरु, दीपेन्द्र ढकाल, सुमन थापामगर र हिक्मत शाहीलाई पक्राउ गरेको छ।  ‘चुरे दोहन हामीलाई स्वीकार्य छैन, त्यसलाई पूर्ण रुपमा रोक्नुपर्छ। भ्रष्टाचार र कमिसनको खेलमा रुझेका ओली कुर्सी जोगाउन संविधान र व्यवस्थाप्रति घात गर्दै अनेक तिकडम रचिरहेका छन्, उनका कदम जनविरोधी छन्,’ महामन्त्री भट्टराईले टेलिफोनमा भने, ‘जबसम्म यस्ता कदम रोकिन्नन्, नेविसंघ सडकमा उत्रिरहन्छ।’ उनले सरकारका यस्ता गतिविधिविरुद्धमा प्रतिरोधका लागि आह्वानसमेत गरेका छन् ।

प्रकाशित: Jun 06, 2021| 12:43 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।