मंगलबार, भदौ ९, २०८३

सुधार गृहमा रहेका २५ बालकमा कोरोना 

बालसुधार गृह विराटनगरमा राखिएकामध्ये २५ बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

विराटनगर- बालसुधार गृह विराटनगरमा राखिएकामध्ये २५ बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

कानूनी द्वन्द्वमा मुछिएका १९३ जना बालकलाई अहिले सुधार गृहमा राखिएको छ। गृहमा रहेकामध्ये ५२ जनाको परीक्षण गर्दा २५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। ५० जना क्षमताको गृहमा झन्डै चार गुणा बढी बालकलाई राखिँदा कोरोना फैलिएको अनुमान गरिएको छ। 

गृहमा पहिलोपटक गत जेठ २ गते एक बालकमा कोरोना देखिएको थियो। त्यसपछि अरु दुई जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो।

उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४९ जनाको पछिल्लोपटक जेठ १३ गते परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए। उनका अनुसार सुरुमा कोरोना पुष्टि भएका तीन बालकहरु भने निको भएर फर्किसकेका छन्।

संक्रमण पुष्टि भएका बालकलाई चिकित्सकको निगरानीमा विराटनगर महानगरपालिकाले आरआरएन भवन र वैजनाथपुर स्वास्थ्य चौकीमा बनाएको आइसोलेसनमा राखिएको चौहानले बताए। सबैको अवस्थामा सामान्य रहेको बताइएको छ।
जेठ १३ पछि गृहमा कोरोना परीक्षण गरिएको छैन। चौहानले अरु बालकको परीक्षणको तयारी भइरहेको बताए।

प्रकाशित: Jun 06, 2021| 11:13 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।