मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर, २४ घण्टामा ६ हजार ६३६ जना निको भए

नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर, २४ घण्टामा ६ हजार ६३६ जना निको भए

आइतबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६३६ संक्रमित कोरोनामुक्त भएका छन्।  
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२  जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। 

आइतबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

आइतबार ९९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हालसम्म ७ हजार ८ सय ९८ जना संक्रमितको मृत्यु भएको छ।

आइतबार कुल परीक्षणमध्ये २८.९ प्रतिशतमा संक्रमण देखिएको छ। हालसम्म ४७ जिल्लामा ५०० भन्दा बढी मानिसलाई संक्रमण भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jun 06, 2021| 10:56 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।