मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चर्चित मूर्तिकार राजकुमारकाे कोरोनाबाट मृत्यु, पूरा भएन विश्वकै अग्लो मुकुन्डो बनाउने सपना

चर्चित मूर्तिकार राजकुमारकाे कोरोनाबाट मृत्यु, पूरा भएन विश्वकै अग्लो मुकुन्डो बनाउने सपना

धातुकलाको मूर्ति बनाउन निपुण उनले भुटानमा ११५ फिट अग्लो पद्मसम्भवको मूर्ति बनाएका थिए। अन्तर्राष्ट्रिय जगतमा चर्चित उनले चीन, भुटान, जापान, कोरियालगायतका देशमा मूर्ति निर्यात गर्दै आएका थिए। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– चर्चित मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ। ५५ वर्षीय शाक्यको शनिबार बेलुकी ललितपुर पुल्चोकको सुमेरु सिटी अस्पतालमा निधन भएको हो। कोरोना संक्रमण भएपछि उनी वैशाख २१ गते अस्पताल भर्ना भएका थिए। उपचारपछि कोरोना नेगेटिभ रिपोर्ट आए पनि कोरोनाका कारण भएको निमोनिया निको भएको थिएन। 

अक्सिजन लेभल कम हुनुका साथै निमोनियाको उपचार गराइरहेका शाक्यको शनिबार निधन भएको नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए। धातुकलाको मूर्ति बनाउन निपुण उनले भुटानमा ११५ फिट अग्लो पद्मसम्भवको मूर्ति बनाएका थिए। अन्तर्राष्ट्रिय जगतमा चर्चित उनले चीन, भुटान, जापान, कोरियालगायतका देशमा मूर्ति निर्यात गर्दै आएका थिए। 

पछिल्लो समय उनी विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउन सक्रिय थिए। अबको एक वर्षमा मूर्ति निर्माण सम्पन्न गरेर ललितपुरको छम्पीमा स्थापना गर्ने योजना रहेका उनले केही समयअघि नेपाल समयलाई सुनाएका थिए। ७० प्रतिशत काम सकिएको भैरवको ७२ फिटको मुखाकृतिको मूर्ति २०७९ को नयाँ वर्षमा स्थापना गर्ने योजना थियो। योजना पूरा गर्न नपाई शाक्य बिदा भएका छन्। 

विश्वकै ठूलो भैरवको मूर्ति ललितपुरमा बनाइँदै (भिडियोसहित)

 

प्रकाशित: Jun 06, 2021| 10:59 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।