काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ।
गण्डकी प्रदेशसभा सचिवालयले पदमुक्त गरेका राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चले शनिबार आदेश दिएको हो।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत् बदर गरेको हो।
अदालतले सुविधा र सन्तुलनको हिसालबे थापाको पदमुक्तिले अतुलतीय क्षति हुने देखिएकाले उनलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्नुपर्ने ठहर गरेको छ।

