काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो कार्यकालअघिका मन्त्रीले गरेका कार्यलाई त्यहीँबाट निरन्तरता दिने बताएका छन्।
आइतबार मन्त्रालयले नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वागत तथा निबर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै तामाङले अघिल्ला मन्त्रीले गरिरहेको कामलाई निरन्तार दिने बताएका हुन्।
मन्त्री तामाङले भने, ‘नयाँ मन्त्री आएपछि सुरुबाटै काम गर्नुपर्छ भन्ने छैन, खोपको विषयमा अगाडिका स्वास्थ्य मन्त्रीज्यूले जुन स्टेपमा पुग्नुभएको छ, त्यही स्टेपबाट हामी काम अगाडि बढाउँछौं।’
मन्त्री तामाङले यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा निकै सुधार भएको भन्दै बजेटको कार्यान्वायन चुनौतिपूर्ण रहेको पनि बताए।
निवर्तमान मन्त्रीले स्वास्थ्य मन्त्रालयमा राम्रोसँग भूमिका खेलेको उनले बताए। महामारी उपचार गरेर मात्रै रोकिँदैन, उनले भने, ‘उपचारका लागि ठूलो खर्च हुन्छ, त्यसैले रोकथामका उपाए र खोप महत्वपूर्ण भएकाले त्यसतर्फ जोड दिन्छौं।’