काठमाडौं– एमालेको माधवकुमार नेपाल समूहले तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता मास्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
उक्त समूहको स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘चुरे क्षेत्र मासेर ढुंगा, गिटी र बालुवा भारत निर्यात गरी व्यापार घाटा कम गर्ने बहानामा राष्ट्रघाती योजना सरकारले अघि सारेको छ।’
यसले तराई–मधेस क्षेत्रलाई मरुभूमीकरण गर्नुका साथै त्यहाँ बसोबास गर्ने जनतालाई भूक्षय, डुबान र भोकमरीको चपेटामा पार्नेछ।’
माधव समूहले पराईलाई खुसी पारी सत्ता स्वार्थको दुनो सोझ्याउन गरिएको उक्त उक्त जनघाती तथा देश हितविपरीतको निर्णयको भत्र्सना गरेको छ। प्रस्तावमा भनिएको छ, ‘यसलाई तत्काल खारेज गर्न माग गर्दछौं।’