मंगलबार, असोज १३, २०८३

वार्षिकोत्सवमा एनबी बैंकको ७० लाख सहयोग

नेपाल बंगलादेश (एनबी) बैंकले ७० लाख रुपैयाँबराबरको सहयोग गरेको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– नेपाल बंगलादेश (एनबी) बैंकले ७० लाख रुपैयाँबराबरको सहयोग गरेको छ।

बैंकले आफ्नो २७ औ वार्षिकोत्सवको अवसर पारेर कोभिड–१९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट जनतालाई जोगाउन भन्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर हस्तान्तरण  गरेको छ। 

त्यस्तै बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले २०५१ साल जेठ २३ गतेदेखि बैकिङ कारोबार शुभारम्भ गरेको थियो।

एनबी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि भूकम्पको समयमा पनि राहत तथा अनुदान दिएको थियो। एनबी विदेशी संयुक्त लगानीमा सञ्चालित वाणिज्य बैंक हो। बैंकमा बंगलादेशको आइएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी छ। 
 

प्रकाशित: Jun 06, 2021| 09:53 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्