मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक २९ सय नाघ्यो, कारोबार रकममा पनि कीर्तिमान

नेप्से परिसूचक २९ सय नाघ्यो, कारोबार रकममा पनि कीर्तिमान

नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा आइतबार अर्को कीर्तिमान कायम भएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा आइतबार अर्को कीर्तिमान कायम भएको छ।

आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो। यसअघि जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा आइपुगेको छ। यो पनि अहिलेसम्मकै उच्च विन्दु हो। वाणिज्य बैंकसँगै अरु समूहमा पनि मूल्य बढ्ने अनि करेक्सन आउने क्रम जारी छ। 

आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ।

दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन्। ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ। वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ। 

प्रकाशित: Jun 06, 2021| 09:46 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्