मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रश्न उठेपछि श्रीमान्‌हरूले इजलासमा बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन : अग्नि खरेल

प्रश्न उठेपछि श्रीमान्‌हरूले इजलासमा बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन : अग्नि खरेल

पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रश्न उठीउठी न्यायाधीशहरूले इजलासमा बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता नरहेको बताएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रश्न उठीउठी न्यायाधीशहरूले इजलासमा बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता नरहेको बताएका छन्।

सरकारी पक्षबाट ११ जना न्यायाधीश इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्न नमिल्ने भन्ने रिट निवेदनमा बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

‘श्रीमानहरूले यसअघि फरक राय दिँदा नै प्रश्न उठेपछि बस्नु उचित नहुने भन्ने कुरा राख्नुभएको थियो,’ उनले भने, ‘अहिले प्रश्न तपाईंहरूका विषयमा उठेपछि बस्न कसरी उपयुक्त हुन्छ?’

सरकारी पक्षबाट महान्यायाधिवक्तासहितका वकिलहरूले आज गठन भएको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई बाहिरिनुपर्ने माग राखेका छन्।

‘के रेक्युजल (मुद्दाबाट अलग हुने) न्यायाधीशको व्यक्तिगत विषय होइन? आजका दिनसम्म तपाईंहरू आफ्नो इतिहास बनाएर आउनुभएको छ। आनन्दमोहन र दीपक श्रीमानले १८ गतेको आदेशमा लेखेको कुरा अभिलेख भइसकेको छ,’ उनले भने, ‘त्यति प्रस्ट लेखेपछि जजका लागि त्यही आदेश पर्याप्त छैन र?’

उनले नेकपाको विवादको मुद्दा फैसला गर्ने न्यायाधीशले म मुद्दा हेर्न सक्छु भनिरहेको बेला अरू दुईजना श्रीमानले उहाँहरू बस्ने भए हामी बस्दैनौं भन्न मिल्थ्यो र ? भन्दै प्रश्न गरे।

‘तेजबहादुर श्रीमान र बमकुमार श्रीमानले यो इजलासमा बस्छौं भनेर राय दिएपछि अनि उहाँहरूलाई किन इजलासमा राखिएन? उहाँहरूले त आदेश नै लेख्नुभयो नि। लेख्नु हुन्थ्यो हुन्थेन फरक कुरा हो तर लेख्नुभएको छ। के यो संरचनाबाट स्वच्छ र निष्पक्ष फैसला हुन्छ भनेर विश्वास गर्न सकिन्छ श्रीमान?,’ उनले भने।

प्रकाशित: Jun 06, 2021| 08:01 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।