मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनर्गठित संवैधानिक इजलासप्रति सरकारी पक्षको आपत्ति

पुनर्गठित संवैधानिक इजलासप्रति सरकारी पक्षको आपत्ति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आइतबार गठित संवैधानिक इजलास गठनको विषयलाई लिएर सरकारी पक्षले आपत्ति जनाएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आइतबार गठित संवैधानिक इजलास गठनको विषयलाई लिएर सरकारी पक्षले आपत्ति जनाएको छ।

महान्यायाधिवक्ता रमेश बडालले यसअघि गठन भएको इजलासमा रहेका न्यायाधीशहरूलाई किन हटाइएको भन्दै कडा आपत्ति जनाएका हुन्। उनले न्याय दुवै पक्षलाई समान हुनुपर्ने भन्दै इजलासले प्रश्न उठेपछि त्यसबारेमा ध्यान दिनुपर्ने बताए।

‘पूर्वाग्रहको आशंका भए पुग्छ भनेर आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ। हामीलाई यो इजलासमा आशंका छ,’ उनले भने,‘विष्णुको आसनमा प्रश्न लिएर उभिएपछि भगवानले पनि विचार गर्नुपर्छ।’  

अधिवक्ताहरू राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दीपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिएका हुन्।

बहस अहिलेसम्म विषयवस्तुमा प्रवेश गर्न सकेको छैन।

प्रकाशित: Jun 06, 2021| 07:02 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।