मंगलबार, भदौ ९, २०८३

राउटे युवतीहरूमाथि यौन दुर्व्यवहार, तीन जना पक्राउ

लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

सुर्खेत - लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको छ। गुर्भाकोट नगरपालिका-९, बोटेचौरका तीन युवाहरूले दुई जना राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेका हुन्।

२९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढाले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे प्रहरीले जनाएकाे छ। 

उनीहरूले युवतीहरूलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुर्व्यवहार गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

युवतीहरूलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि तीनजनालाई आज (आइतबार) बिहान प्रहरीले पक्राउ गरेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। 

भिडियोमा पुरुषहरू अर्धनग्न अवस्था देखिन्छन्। उनीहरूले युवतीहरूलाई यौन दुर्व्यवहार गरेको देखिन्छ।

फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिका-११, आँपसोतीको भेरी किनारमा बस्दै आएका छन्।

प्रकाशित: Jun 06, 2021| 06:48 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।