मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा गठन गरेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

यसअघि गठित इजलासका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए। न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले पनि इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेपछि आफूहरू नबस्ने राय पेस गरेका थिए। 

जेठ १६ मा प्रधानन्यायाशीशले आजका लागि इजलास तोक्ने र वरिष्ठताका आधारमा नै गठन गर्ने घोषणा गरेका थिए। आज प्रधानन्यायाधीशले आफ्नो नेतृत्वमा वरिष्ठतम् न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई समावेश गरेर इजलास गठन गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट निवेदन परेका छन्। 

रिट निवेदकले प्रतिनिधिसभा पुनःस्थापना, शेरबहादुर देउवालाई ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त लगायतका मागहरू राखेर अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

आजको सुनुवाइका क्रममा इजलासले अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्नेछ।

प्रकाशित: Jun 06, 2021| 06:21 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।