मंगलबार, भदौ ९, २०८३

संवैधानिक इजलास अवरोध गर्ने सरकारी पक्षको तयारी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठन गरिएको इजलासका विषयमा सरकारी पक्षले प्रश्न उठाउने तयारी गरेको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठन गरिएको इजलासका विषयमा सरकारी पक्षले प्रश्न उठाउने तयारी गरेको छ। प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेपछि सरकारी पक्षले यस्तो तयारी गरेको हो।

इजलासमा सुनुवाइ हुनु अगावै प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, महान्यायाधिवक्ता रमेश बडाल, उपमहान्यायाधिवक्ता पदमप्रसाद पाण्डे इजलासमा आएर बसेका छन्। सुनुवाइ अहिलेसम्म सुरु भएको छैन। त्यसअघि नै उनीहरूले प्रश्न उठाउने तयारी गरेका छन्। 

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठाइएपछि जेठ १६ मा महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायीहरूले उठाएकै प्रश्नको जवाफ दिँदै अन्य न्यायाधीशहरू पनि इजलासमा बस्न नमिल्ने यदि त्यसाे भएमा आफूहरूले इजलासमै निवेदन दिने बताएका थिए।

प्रकाशित: Jun 06, 2021| 06:14 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।