मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा निषेध आदेशको विरोधमा उत्रिएका युवा प्रहरी नियन्त्रणमा

लुम्बिनीमा निषेध आदेशको विरोधमा उत्रिएका युवा प्रहरी नियन्त्रणमा

रुपन्देहीमा कोरोना संक्रमण अझै पनि जोखिममै रहेकाले जेठ ३१ गतेसम्म निषेधाज्ञा गरिएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

बुटवल- रुपन्देहीमा कोरोना संक्रमण अझै पनि जोखिममै रहेकाले जेठ ३१ गतेसम्म निषेधाज्ञा गरिएको छ। तर, जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाहरूको एक समूहले निषेध आदेश खुलाउन माग गर्दै प्रशर्दन गरेको छ। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ का स्थानीयले निषेध आदेशमा सर्वसाधारणमाथि निकै कडाइ भएको भन्दै शनिबार खुनगाई चौराहामा टायर बालेर विरोध जनाएका हुन्।

आइतबार निषेध आदेशउल्लघन गर्दै नगरपालिका कार्यालय घेराउ गर्ने तयारी गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको छ। स्थानीय अर्जुन कुर्मीको नेतृत्वको टोलीले निषेध आदेको कडाइले आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै उल्लंघनको चेतावनी दिएको हो।

आइतबार युवाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालय घेराउ गर्ने तयारी गरेसँगै प्रहरीले कुर्मीसहित युवालाई नियन्त्रणमा लिएको हो। 

रुपन्देहीमा अझै पनि कोरोना संक्रमणको जोखिम भएकाले निषेध आदेश जारी रहेको बेला केही व्यक्तिले आफ्नो स्वार्थका लागि प्रदर्शन गरेको प्रशासनले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले केही व्यक्तिले माटो निकालिरहेकाले त्यसलाई प्रशासनले रोक लगाएपछि निषेध आदेशको नाममा गलत प्रचार गरेको बताए। ‘हामीले केहिलाई नियन्त्रणमा लिएका छौं, कानुन अनुसार कारबाही गर्छौ,’उनले भने।

युवाहरूको समूहले आइतबार सबै बजार खुलाउने भन्दै सार्वजनिक रुपमा आग्रहसमेत गरेका थिए। रुपन्देहीमा आगमि जेठ ३१ गतेसम्म निषेध आदेश छ। निषेधाज्ञाको बेला अति जरुरि काम बाहेक घरबाहिर निस्कन पाइदैन। तर, निषेधाज्ञाको उल्लंघन गर्न सार्वजनिक रुपमा अपिल गर्दै हिडेको आरोपमा अर्जुन कुर्मीसहित केहिलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले बताए। उनले भने,‘हामीले अन्य व्यक्तिको पनि खोजी गरिरहेका छौं।’ प्रहरी प्रमुख केसीका अनुसार पक्राउ परेकाहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ।

लामो समयदेखिको निषेधाज्ञाले स्थानीयलाई जिविका चलाउन गाह्रो भइरहेको भए पनि स्थानीय प्रशासनले निषेध आदेशलाई अझै कडा बनाउँदै लगेको उनीहरूको आरोप छ। नगरप्रमुख मनमोहन चौधरीले माटो खन्न नदिएको झोकमा निषेध आदेशको नाम पारेर विरोध गरेको बताए। रुपन्देहीमा अहिले पनि १ हजार ४ सय १७ जना संक्रिया संक्रिमित छन्।

प्रकाशित: Jun 06, 2021| 05:43 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।