बुधबार, चैत ११, २०८२

नेपालमा मेस्सीका धेरै फ्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
धनगढी-फुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि रुसमा शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक रुसले साउदीलाई ५-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै शुक्रबार तीन खेल हुँदैछन् । साँझ पौने ६ बजे हुने पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दैछन् भने पौने ९ बजे हुने दोस्रो खेलमा मोरक्को र इरान खेल्दैछन् । त्यस्तै राति पौने १२ बजे हुने तेस्रो खेलमा पोर्चुगल र स्पेन भिड्दैछन् ।

रुसमा जारी प्रतियोगिताले नेपाली फुटबलप्रेमीलाई धेरै नै आकर्षित गरेको छ । राजधानी काठमाडौं मात्र होइन धनगढीमा पनि विश्वकप फुटबलको महाकुम्भले छोएको छ । धनगढीबासी आफ्नो स्थानीय टोली नै प्रतियोगितामा सहभागी भएको आभास दिनेगरी विश्वकपका खेललाई विश्लेषण गर्ने गरेका छन् ।

खेल तालिका अनुसार खेल हेर्ने त नियमित कार्यतालिका छँदैछ, आफूलाई मनपर्ने टिम तथा खेलाडीको नाम र उसले प्रयोग गर्ने नम्बर अंकित जर्सीनै लगाएर समर्थन गरिरहेका छन् ।

धनगढीमा रहेका फेन्सी पसलहरुमा विभिन्न देशका जर्सीहरुको व्यापार बढेको छ । बिहीबार दिनभर धनगढीका अधिकांश फेन्सी पसलहरुमा जर्सी किन्नेहरुको बाक्लो भीड लागेको देखिन्थ्यो ।

'सबैभन्दाबढि मन पर्ने खेल फुटवल कै विश्वकप भएकाले मन पर्ने टीमको जर्सी नलगाई कसरी बस्न सक्नु हजुर' बिहीबार एलएनचोकस्थित डिआर युनिक कर्नरमा जर्सी छान्दै गरेका धनगढी-५ तारानगरका बिपिन शाहले भने-'क्रिस्टियानो रोनाल्डोको खेल मनपर्ने भएकाले मत पोर्चुगलको समर्थक हुँ ।'

उनले यस बर्षको विश्वकप पोर्चुगलले नै जित्ने दाबि पनि गरे । करिव एक घण्टाको अवधिमा उक्त पसलमा जर्सी किन्न आएका १५-२० बालबालिका तथा युवाहरु मध्ये प्राय जर्मनी, ब्राजिल र अर्जेन्टिना समर्थक थिए ।

'हुन त मेरो पसलमा १०-१२ देशका जर्सी छन् तर यि तीनवटै देशका समर्थकहरु जर्सी किन्न बढी आउछन्' पसल संचालक देवराज भट्टले भने-'टीमवोहक चर्चित फुटवलरहरु मेस्सी, रोनाल्डो र नेयमारको नाम र उनीहरुले प्रयोग गर्ने नम्बर अंकित जर्सी बढी बिक्रि भइरहेका छन् ।'

'आजबाट विश्वकप नसकिञ्जेल यो जर्सी त खोल्दै खोलिदैन' सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको ब्राजिलको जर्सी लगाउँदै सन्तोष सुबेदीले भने-'पेले, रोनाल्डो, नेयमार जस्ता हस्ती खेलाडीको खेल देखेर मत सबै ब्राजिलको समर्थक हुँ ।'

खुट्टामा जादुको छडी भएको खेलाडी भनेर चिनिने अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीले प्रयोग गर्ने १० नम्बर जर्सी सबैभन्दा बढी बिक्रि हुने गरेको छ ।

धनगढीसहित नेपालमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीका फ्यान धेरै छन् । मेस्सीको अनुशासित खेलले प्राय फुटवलप्रेमी उनका फ्यान बढेका छन् । चिया पसलदेखि चोक चौराह र सामाजिक सञ्जालहरुमासमेत विश्वकप जित्ने टिमको बारेमा अड्कलबाजी सुरु भएको छ । आ-आफूले समर्थन गर्ने टीमले जित्ने दाबि फुटवल प्रेमीले गर्दै आएका छन् ।

'यो संस्करणको विश्वकप अर्जेन्टिनाले जित्छ' कमल बमले भने-'२० औँ सस्करणमा जर्मनसँगको फाईलन खेलमा मेस्सीले हानेको गोल रेफ्रीले अफसाईड दिएपछि प्रतियोगितामा हार व्यर्होदा त्यो रातभरी निन्द्रा नै परेन ।' चार-पाँच बर्षका बालबालिका देखि ५० कटेका सम्म समर्थक टीमको जर्सी किनिरहेका छन् । संसारभरीका सबै वर्ग तथा उमेर समूहका खेलप्रेमीको ध्यान तान्ने विश्वकप फुटबल धनगढीमा पनि ठूलो पर्दामा हेर्ने तयारी विभिन्न ठाउँमा भइरहेको छ ।

विश्वकप देखाउँद पैसा लिन नपाइने

यसैबीच जिल्ला प्रशासन कार्यालयले ठुलो पर्दामा विश्वकप प्रदर्शन गर्दा शुल्क लिन नपाउने आचारसंहिता जारी गरेको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न क्लव, संघ/संस्था, व्यवसायीहरुले आ-आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनको लागि विभिन्न प्रविधिबाट प्रदर्शन गर्ने सन्दर्भमा आचार सहिताको अधिनमा रहेर मात्र प्रदर्शन गर्नु र गराउनु अनुरोध गरेको छ ।

प्रशासनले प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउने, खेलको हार जित लगायतका बिषयलाई लिएर कुनै पनि प्रकारका निषेधित कार्य गर्न नपाईने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न र गराउन नपाईने आचार सहिता जारी गरेको छ ।

यस्तै होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा गर्न नपाईने, प्रदर्शन स्थलमा भएको गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको हानीनोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक आफै हुनुपर्ने नियम बनाईएको छ ।

यस्तै प्रदर्शन स्थलमा प्रचलित कानूनको उलंघन हुने गरी कुनै पनि अवाञ्छित क्रियाकलाप भए त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रुपमा जिम्मेवार हुनु पर्ने, आयोजकले शान्ति सुरक्षा सम्बन्धी बिषयमा स्थानीय सुरक्षा निकायसंग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।