काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ।
२०७७ चैत २० को आदेशअनुसार म्याद/सूचना बुझाउन जाँदा घर ठेगाना पत्ता नलागेकाले म्याद तामेल हुन नसकेको भन्दै आजको गोरखापत्र दैनिकमा २१ दिने सूचना जारी गरिएको हो।
सो म्यादभित्र व्यक्तिका नाममा भएका जग्गा नेपाल सरकारको नाममा कायम गर्नु नपर्ने कुनै कारण भए प्रतिक्रिया पेस गर्न पनि भनिएको छ। आफ्नो भनाइ सबुत कागज प्रमाणसहित लिखित प्रतिक्रियासहित स्वयं उपस्थित हुन आउन वा कानुनबमोजिम वारेस वा कानुन व्यवसायी पठाउन वा निषेध आदेशले भौतिकरूपमा उपस्थित हुन नसके कार्यालयको इमेलमा प्रतिक्रिया पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
म्यादभित्र प्रतिउत्तर वा प्रतिक्रिया नबुझाए सो जग्गा सरकारको नाममा हुने सूचनामा जनाइएको छ।
