मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको रिटमाथि सुनुवाइ हुँदै

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको रिटमाथि सुनुवाइ हुँदै

राष्ट्रिय जनमोर्चाको पत्रका आधारमा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- राष्ट्रिय जनमोर्चाको पत्रका आधारमा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। 

थापाले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटको पेसी आजलाई तोकिएको छ। पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो।

राजमो संसदीय दलको विधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आफूमाथि कारवाही हुनुपर्ने कुनै काम नै नगरेको थापाले बताएका छन्। 

थापाले कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको भन्दै राजमोले उनको प्रदेश सभा सदस्य पद रिक्त गराउन प्रदेश सभा सचिवालयलाई सूचना गरेको थियो।

प्रकाशित: Jun 06, 2021| 04:53 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।