शनिबार, चैत ११, २०७९

लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट सातजना पक्राउ

कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

धनगढी- कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 

National life insurance

३० ग्राम लागुऔषधसहित जिल्लाको बर्दगोरिया गाउँपालिका–१, कट्टिपुरका २५ वर्षीय धीरेन्द्र बम र सोही वडाको मुडा गाउँका २४ वर्षीय डबल भुललाई पक्राउ गरिएको हो।

भजनी–जोशीपुर सडकखण्ड अन्तर्गत भजनी नगरपालिका–३ जोडपिपलमा नम्बर नभएको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा लागुऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए। 

यस्तै कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पाँचजनालाई पक्राउ गरेको छ। दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलबाट ११.८७ ग्राम खैरो हेरोइनसहित भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्ला भजनपुर ग्रामका २१ वर्षीय अमन चन्दलाई पक्राउ गरेको हो। उनको साथबाट भारतीय नम्बर प्लेट यूके ०६ एइ ९७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

दोधारा चाँदनी नगरपालिका–६ का १८ वर्षीय आदिप मगर र १८ वर्षीय सार्थक शर्मालाई पनि ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

worldlink

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले उनीहरूले प्रयोग गरेको सुप प्रदेश ०२००३ प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको बताए।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँका २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ का २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित पक्राउ गरिएको उनको भनाइ छ।

प्रकाशित: Jun 06, 2021| 04:44. 00 आइतबार, जेठ २३, २०७८

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।