मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणाले बनाए वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास

प्रधानन्यायाधीश राणाले बनाए वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन  गरेका छन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन  गरेका छन्। 

वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन्। 

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिएपछि परेका रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले यसअघि आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सम्मिलित इजलास गठन गरेका थिए। रिट निवेदकका कानुन व्यवसायीले न्यायाधीशहरू केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि सुनुवाइ हुन सकेकाे थिएन। 

न्यायाधीशद्वय केसी र श्रेष्ठ इजलासमा रहन हुने कि नहुने भन्नेबारे सर्वोच्च अदालतमा बहस भएको थियो। तर उनीहरूले आफूहरू बाहिर नहुने निर्णय गरेका थिए। केसी र श्रेष्ठ नबाहिरिएपछि न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले पनि इजलास छोडेका थिए। त्यसपछि प्रधानन्यायाधीश जबराले वरिष्ठतम न्यायाधीश राखेर इजलास गठन गर्ने बताएका थिए। सोहीअनुसार प्रधानन्यायाधीश राणाले आइतबार इजलास गठन गरेका हुन्।  

प्रतिनिधिसभा विघटनका  विषयमा परेका ३० वटा मुद्दामा आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
 

प्रकाशित: Jun 06, 2021| 04:41 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।