मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जंगबहादुर शैलीका ओलीको आडमा महतोको राष्ट्रघाती अभिव्यक्ति : नेता महर

जंगबहादुर शैलीका ओलीको आडमा महतोको राष्ट्रघाती अभिव्यक्ति : नेता महर

नेपाली कांग्रेसका युवा नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुरको नयाँ अवतारको संज्ञा दिएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका युवा नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुरको नयाँ अवतारको संज्ञा दिएका छन्। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले यसैअनुसारको संवैधानिक व्यवस्था हुनुपर्ने अभिव्यक्ति ओलीकै जंगबहादुर रुपको आडमा दिएको उनले आरोप लगाए।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता महरले 'मुख संविधान र बोली कानुन' भन्ने जंगबहादुरको शासन जस्तै ओली शासन पनि भएको टिप्पणी गरे। 'ओली सरकारकै उपप्रधानमन्त्री महतोले 'नेपाल बहुराज्य' भन्नु राष्ट्रघाती र जनघाती छ। उनले यो कुरा ओलीकै आडमा भनेका हुन्। महतोलाई यस्तो भनाउने ओली हुन्। यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ', लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता महरले भने। 

विशेष गरी असंवैधानिक कदममार्फत ओली शक्ति केन्द्रले दिएको कार्यभार सम्पन्न गरेर नेपाललाई भड्खालोमा हाल्ने क्रममा रहेका वेला आएको अभिव्यक्ति प्रधानमन्त्रीसँगको साँठगाँठमा ट्रायलका रुपमा आएको एकिन भएको महरले दाबी गरे।

राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने महतोलाई बर्खास्त गरि प्रधानमन्त्रीले नेपाली जनतासँग माफी माग्न नेता महरले चेतावनी दिएका छन्। उनले राष्ट्रियतामाथि प्रहार गर्ने अधिकार कसैलाई नरहेको उनले बताए।

उपप्रधानमन्त्रीमा नियुक्त भएपछि शनिबार पार्टी कार्यालय बबरमहलमा जसपाले आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने बताएका थिए।

प्रकाशित: Jun 06, 2021| 04:36 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।