मंगलबार, भदौ ९, २०८३

राष्ट्रपतिको द्वैध भूमिका : कांग्रेस जिल्ला सभापति

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुलित र द्वैध भूमिका देखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुलित र द्वैध भूमिका देखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरुले भनेका छन्, ‘वर्तमान राष्ट्रपतिको असन्तुलित र द्वैध भूमिकाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नाम जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्‍याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ,’ जिल्ला सभापतिहरूले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गरिरहेको रउपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्र विखण्डनको आसयमा ‘बहुल राष्ट्र राज्य’ को वकालत गरिरहेको आरोप लगाएका छन्। विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको छ।’

प्रकाशित: Jun 06, 2021| 04:26 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।