मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिम प्रदेशसभामा आजदेखि प्री-बजेट छलफल

सुदूरपश्चिम प्रदेशसभामा आजदेखि प्री-बजेट छलफल हुने भएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा आजदेखि प्री-बजेट छलफल हुने भएको छ। शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे प्रीबजेट छलफल हुने भएको हो। 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकता संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। 

सभामुख थापाले केही दिन प्री-बजेट छलफल चल्ने र संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते बजेट ल्याउने व्यवस्था रहेको बताए। जेठ २५ सम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको उनको भनाइ छ। 

प्रदेश सभा नियमावलीमा १५ दिन अगाडि बजेटको प्राथमिकता र सिद्धान्त तथा एक साता अगाडि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्ने व्यवस्थालाई जेठ १४ गते प्रदेश प्रमुख गंगाप्रसाद यादवले ‘सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) २०७८ अध्यादेश जारी गरेर संशोधन गरेका थिए।

प्रकाशित: Jun 06, 2021| 04:16 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।