मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधि सभा विघटनको मुद्दा नयाँ सवैधानिक इजलासमा सुनुवाइ हुँदै 

प्रतिनिधि सभा विघटनको मुद्दा नयाँ सवैधानिक इजलासमा सुनुवाइ हुँदै 

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ संवैधानिक इजलासमा हुँदै छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ संवैधानिक इजलासमा हुँदै छ। यसअघि सुरु भएको सुनुवाइमा इजलास गठनमै विवाद भएपछि आज पुनः संवैधानिक इजलास गठनको प्रक्रिया अघि बढ्नेछ। 

प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ। यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरूले प्रश्न उठाएका थिए। अधिवक्ताहरूको असन्तुष्टिसँगै सुनुवाइ प्रभावित बनेको थियो।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए। 

प्रकाशित: Jun 06, 2021| 02:24 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।