मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरियो : महतो

मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरियो : महतो

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरिएको बताएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं - उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरिएको बताएका छन्। विज्ञप्ति जारी गर्दै महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन्। 

‘मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षाा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात,जाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ,’ विज्ञप्तिमा भनिएको छ। 

साथै उनले यो संविधानमा आफूहरूका असन्तुष्टि सम्बोधन गर्न संशोधनका लागि गठित कार्यदलमा धारणा राख्ने पनि जनाएका छन्।

प्रकाशित: Jun 06, 2021| 01:19 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।