मंगलबार, भदौ ९, २०८३

स्रोत नखुलेको ५ लाख र लागुऔषधसहित चार जना पक्राउ

सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

सुर्खेत- सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर- ६ गोदाम लाइनकी ५४ वर्षीया बिष्णुदेबी शाही, १८ वर्षे गौरब क्षेत्री, वीरेन्द्रनगर-९ का १८ वर्षे प्रदिप खत्री र गुराँश गाउँपालिका-५ दैलेखकी २१ वर्षिया सरु शाही छन्।

उनीहरूको साथबाट ८१ प्याकेट  ब्राउनसुगर, ५ वटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट  र श्रोत नखुलेको ५ लाख ८ हजार २०० रूपैयाँ  बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

उनीहरूसँग लागुऔषध रहेको विशेष  सूचनाको आधारमा गोदामलाइको मिलन रेष्टुरेन्टबाट शनिबार साँझ नियन्त्रणमा लिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरे जानकारी दिए। पक्राउ परेकी विष्णुदेवी रेष्टुरेन्ट सञ्चालन हुने भने अन्य तीन जना उनका आफन्तहरू हुन्। चारै जनाको विषयमा  थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 06, 2021| 00:44 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।