मंगलबार, असोज १३, २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। इन्धनको मूल्य बढेर आएकाले राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो। 

इन्डियन आयल कर्पोरेशन (आईओएस)ले १ जुनमा पठाएको नयाँ मूल्य बढेर आएकाले निगमले स्थानीय बजारमा मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२५, डिजेल र मटीतेल १०८ र हवाई इन्धन आन्तरिक ८० रुपैयाँ पुगेको छ । 

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् छ। मूल्य बढाउँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा, डिजेलमा ३ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर २५८ रुपैयाँ घाटा छ। मूल्य समायोजन गर्दा पनि १५ दिनमा ५९ करोड २२ लाख घाटा रहेको निगमले जानकारी दिएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको निगमको भनाइ छ।

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य सामायोजन गर्दै आएको छ। 

प्रकाशित: Jun 05, 2021| 16:34 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्