मंगलबार, भदौ ९, २०८३

१२ हजार स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम

कोरोना संक्रमणविरुद्ध फ्रन्टलाइनमा खटिएका झण्डै १२ हजार स्वास्थ्यकर्मीहरुलाई नेपाल चिकित्सक संघले ‘क्रिटिकल कियर’ सम्बन्धी तालिम दिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- कोरोना संक्रमणविरुद्ध फ्रन्टलाइनमा खटिएका झण्डै १२ हजार स्वास्थ्यकर्मीहरुलाई नेपाल चिकित्सक संघले ‘क्रिटिकल कियर’ सम्बन्धी तालिम दिएको छ।

मेडिसिन अफ नेपाल (सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको सहयोगमा संघले उक्त तालिम दिएको हो।

महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने जस्ता कुराहरु तालिममा सिकाइएको संघले जनाएको छ।

संघका अनुसार ५ ब्याचलाई १० दिनसम्म कोरोना संक्रमितको बिरामीहरूको अक्सिजन र उपचार, रोकथाम तथा नियन्त्रण आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरूको बारेमा तालिम दिइएको थियो।

११ हजार ६ सय ७८ जना फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले क्रिटिकल कियरको तालिम लिएका थिए। जसमध्ये ४१ प्रतिशत चिकित्सक, ४२ प्रतिशत नर्स र १५ प्रतिशत पारामेडिक्सहरू सहभागी भएका थिए। गत जेठ १३ गते सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो।

No photo description available.

प्रकाशित: Jun 05, 2021| 14:24 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।