मंगलबार, भदौ ९, २०८३

महतोको अभिव्यक्ति राष्ट्घाती : खनाल

पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले उपप्रधानमन्त्री राजेन्द्र महतोबाट राष्ट्रघाती अभिव्यक्ति सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले उपप्रधानमन्त्री राजेन्द्र महतोबाट राष्ट्रघाती अभिव्यक्ति सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन्।

खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाललाई ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति  सुन्दा मलाई आश्चर्यचकित लागेको छ। यो अभिव्यक्ति सोझै राष्ट्रघाती हो।’ 

उनले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैरजिम्मेवारी अराजक, विखण्डनकारी र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण रहेको औंल्याएका छन्। 

शुक्रबार राति पदभार ग्रहण गर्नेबित्तिकै महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पार्टीको एजेन्डा रहेको बताएका थिए। उपप्रधानमन्त्रीमा नियुक्त भएपछि शनिबार पार्टी कार्यालय बबरमहलमा जसपाले आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग महतोले भने, ‘नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्छ। बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहनेछन्।’ 

त्यसको सर्वत्र विरोध भइरहेको छ। एमालेकाे नेपाल-खनाल समूहका १८ जनसंगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी महताेलाई अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न माग गरेका छन्। अनेरास्ववियुले राजधानीमा महताेकाे पुत्ला दहन गरेकाे छ।

प्रकाशित: Jun 05, 2021| 13:58 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।