मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल निकट अनेरास्ववियुले जलायो उपप्रधानमन्त्री महतोको पुतला, अध्यक्ष पराजुलीसहित ११ पक्राउ

नेपाल निकट अनेरास्ववियुले जलायो उपप्रधानमन्त्री महतोको पुतला, अध्यक्ष पराजुलीसहित ११ पक्राउ

पुत्ला जलाउने क्रममा अनेरास्ववियुका नेताहरूमाथि प्रहरीले दमन गरेको थियो। यसपछि उनीहरूलाई पक्राउ गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।अध्यक्ष पराजुली, महासचिव आरती लामासहित ११ जनालाई पक्राउ गरिएको पराजुलीको भनाइ छ। अहिले उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अनेरास्ववियुले नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएको छ। शनिबार साँझ बानेश्वरमा नेपाल निकट अनेरास्ववियूले मन्त्री महतोको पुतला जलाएको हो। 

पुत्ला जलाउने क्रममा अनेरास्ववियूका नेताहरूमाथि प्रहरीले दमन गरेको थियो। यसपछि उनीहरूलाई पक्राउ गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।अध्यक्ष पराजुली, महासचिव आरती लामासहित ११ जनालाई पक्राउ गरिएको पराजुलीको भनाइ छ। अहिले उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। 

महतोले मन्त्रीले शुक्रबार राति कार्यभार सम्हाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने बताएका थिए। उनको उक्त अभिव्यक्तिविरुद्ध नेपाल समूहको अनेरास्ववियुले पुतला जलाएको हो। मन्त्री महतोले शनिबार पनि नेपाल बहुल राष्ट्रिय राज्य भएको र त्यहीअनुसार हुनुपर्ने बताएका छन्। 

प्रकाशित: Jun 05, 2021| 13:17 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।