बाँके- नेपालगञ्ज उपमहानगरपालिका-१ बृतास्थित निर्माणाधीन फिडमिलमा रङ लगाउने कम्प्रेसर मेसिन पड्किँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान उनको घटनास्थलमा नै मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिका-१९ का २५ वर्षीय साविराज मियाको छन्।
घटनामा परी थप २ जना घाइते भएको र उनीहरूलाई उपचारको लागि नर्सिङ होम अस्पताल बाँके लगिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।