मंगलबार, भदौ ९, २०८३

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

सुन्दरहरैचा नगरपालिका-४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र-१-०५-००१ प-००६१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो। 
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

मोरङ- मोटरसाइकल चोरीको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान उनीहरू पक्राउ परेका हुन्। 

सुन्दरहरैचा नगरपालिका-४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र-१-०५-००१ प-००६१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय राजेश मेहता, सोही उपमहानगरपालिका-२० बस्ने ३८ वर्षीय कोप बलराम गुरूङ, सोही उपमहानगरपालिका-२ बस्ने ३९ वर्षीय भवेश भन्ने सुवास लिम्बू, सोही उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय मचिन राई, सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार छन्।

जेठ १२ गते राति उक्त मोटरसाइकल चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले राजेश मेहताको घरबाट उक्त मोटरसाइकल फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको थियो। 

थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई उनीहरूको घरबाटै पक्राउ गरेको हो। घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: Jun 05, 2021| 13:12 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।