मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका १८ जनसंगठनले भने- महतोले संविधानविरोधी अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ 

एमालेका १८ जनसंगठनले भने- महतोले संविधानविरोधी अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ 

नेकपा एमालेका १८ वटा जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासँग माफी माग्न माग गरेका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं– नेकपा एमालेका १८ वटा जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई संविधानविरोधी अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासँग माफी माग्न माग गरेका छन्।

महतोले शुक्रबार राति उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पार्टीको एजेन्डा रहेको बताएका थिए।

उपप्रधानमन्त्री महतोको यस्तो अभिव्यक्तिको विरोध गर्दै एमालेको माधवकुमार नेपाल–झलनाथ खनालका समूहका जनसंगनठले उनीसित माफी माग्न माग गरेका हुन्।  ती संगठनले शनिबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मूल मर्मविरुद्धमा आएको यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।’ 

‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाका निम्ति सचेत र जागैं रहन सम्पूर्ण नेपाली जनसमुदायसँग अपिल  गर्दछौं।’

पछिल्ला घटनाक्रम र गतिविधि हेर्दा महतोको अभिव्यक्ति ‘विविधताबीचको एकता, सहिष्णुता र सद्भाव बिथोलेर राष्ट्र विखण्डन गर्ने’ सचेत तर कुत्सित र दूषित मनसायबाट आएको ठहर ती संगठनको छ। यस्तै उनीहरूले प्रधानमन्त्री केपी ओली  संविधानको मूल्य र संविधानप्रतिको आफ्ना पूर्वअडानबाट विचलित हुन खोजेको भन्दै खेद प्रकट गरेका छन्।

उनीहरूले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाका निम्ति सचेत र जागै रहन सम्पूर्ण नेपाली जनसमुदायसँग अपिल  गर्दछौं।’

ती जनसंगठनले महताको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध रहेको औंल्याएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरी छ। संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै विडम्बनापूर्ण छ।’

संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन’ गर्ने व्यवस्था रहेको विज्ञप्तिमा स्मरण गराइएको छ।

विज्ञप्मिा भनिएको छ, ‘‘संविधानको मर्म र धाराका बारेमा उपप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति अवश्य पनि बेखबर हुनुहुन्न।’  यस्तै संविधानको धारा–३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 05, 2021| 12:32 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।