मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपप्रधानमन्त्रीमा बढुवा भएपछि अर्थमन्त्री पौडेलले भने- कोभिडको खोप सबैलाई सुनिश्चित गर्छौं

उपप्रधानमन्त्रीमा बढुवा भएपछि अर्थमन्त्री पौडेलले भने- कोभिडको खोप सबैलाई सुनिश्चित गर्छौं

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड १९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड १९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्।

अर्थ मन्त्रालयमा पद बहालीपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड १९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए।

उनले कोभिडले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने बताए।

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन्। जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ।   


 

प्रकाशित: Jun 04, 2021| 15:57 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्