सोमबार, असार २९, २०८३

उद्घाटन खेलमा रुसको रवाफिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - विश्‍वकप २०१८ को उद्‍घाटन खेलमै आयोजक रुसले साउदी अरेबियालार्इ फराकिलो गोल अन्तरले पराजित गरेको  छ । 

रुसले साउदीलार्इ ५-० गोलले पराजित गरेको छ । रुसका लागि पहिलो गोल रुसका क्याप्टेन युरी गोजिन्सिले पहिलो गोल गरेका हुन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। पहिलो गोल बायाँपट्टीको कर्नरबाट गोल गरेका हुन् । 

यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रुसका लागि आर्तेम दर्बुजाले हेड मार्फत ७१ औं मिनेटमा तेस्रो गोल गरे । उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए।

यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रुसका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट 'लेफ्ट फुट सट' हान्दै चौथो गोल गरे। 

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रुसले पाएको फ्रि-किकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले ५ औं गोल गरे। उद्घाटन खेलमै ५ गोल गरेको रुसले महत्वपूर्ण ३ अंक जोडेको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।