मंगलबार, भदौ ९, २०८३

प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौँ- नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो।

अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता विवादबारे सर्वोच्च अदालतमा मुद्दामा परेपछि काउन्सिलमा अध्यक्ष पद रिक्त थियो। उनको कार्यकाल सकिएपछि बस्नेत काउन्सिल अध्यक्षमा नियुक्त भएका हुन्। 

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत हालै सम्पन्न निर्वाचन महासंघ निर्वाचनमा महासचिव पदमा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनसँग पराजित भएका थिए।

बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए। 

प्रकाशित: Jun 03, 2021| 17:41 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।