मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर साढे दुई करोड डोज कोरोना खोप बाँड्ने अमेरिकाको घोषणा, नेपालले पनि पाउने

विश्वभर साढे दुई करोड डोज कोरोना खोप बाँड्ने अमेरिकाको घोषणा, नेपालले पनि पाउने

अमेरिकाले पहिलो चरणमा विश्वभर २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप विश्वभर बाँड्ने घोषणा गरेको छ। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- अमेरिकाले पहिलो चरणमा विश्वभर २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप बाँड्ने घोषणा गरेको छ। 

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मूलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन्। कोरोना नियन्त्रणको लागि ८ करोड डोज खोप विभिन्न देशलाई उपलब्ध गराउने अमेरिकाको तयारी छ। त्यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख डोज खोप जुनको अन्त्यसम्म उपलब्ध गराउने जनाएको हो। 

पहिलो चरणमा एसियाली मुलुकको लागि ७० लाख डोज खोप छुट्याइएको छ। जसमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, ताइवानलगायत १६ देश छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पाउने खोपको मात्रा एकीन नभएको बताएका छन्। 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले खोपका लागि अमेरिकालाई धन्यवाद दिएका छन्। ट्विट गर्दै ओलीले नेपालको आग्रहअनुसार अमेरिकाले खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै कृतज्ञता व्यक्त गरेका हुन्।

प्रकाशित: Jun 03, 2021| 16:36 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।