सोमबार, असार १६, २०८२

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको 'फुल कोर्ट' बैठक

यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी/तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि रोक्ने निर्णय गरेको थियो। 
 |  बिहीबार, जेठ २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

vianetvianet

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतको 'फुल कोर्ट' बैठक बोलाएका छन्। शुक्रबारका लागि प्रधानन्यायाधीश राणाले ‘फुल कोर्ट’को बैठक बोलाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ। 

यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी/तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि रोक्ने निर्णय गरेको थियो। 

शुक्रबार बस्ने बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत छलफल हुन बताइएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलासमा बस्ने न्यायाधीशहरूको विषयमा विवाद भएपछि मंगलबार सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले नियमावली संशोधन गर्ने विषयमा छलफल गरेका थिए।

शुक्रबारको 'फुल कोर्ट' बैठकमा पनि उक्त विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Jun 03, 2021| 14:55 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।